लागूऔषधसहित ६ जना पक्राउ
काठमाडाैं। झापाकाे झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित कन्काई नगरपालिका-२ बस्ने २८ वर्षीय गोपाल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै बाह्रदर्शी गाउँपालिका-६ माहारानी झोडा बस्ने ६१ वर्षीय नर बहादुर सुनारलाई अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुनारले लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजाहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहागनगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित भिमफेदी गाउँपालिका-५ बस्ने २४ वर्षीय रोहित मिजारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र-०३-००१ ज ३१५ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साकाे बहुदरमाई गाउँपालिका-७ भौटराटारबाट अवैध लागूऔषध गाँजाको धुलो १ केजीसहित सोही ठाउँ बस्ने ६५ वर्षीय महेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको प्रहरीले साइकलयात्री महतोलाई जाँच गर्दा उक्त गाँजाको धुलोसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीकाे जानकी गाउँपालिका-५ अमौराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ गाउँपालिका-५ बस्ने ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरिगढी गाउँपालिका-६ नमस्ते झरना छेउबाट अवैध लागूऔषध गाँजा ७३ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उक्त झरना छेउमा बेवारिसे अवस्थामा रोकी राखेको बीआर ३८ इ ४०८४ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया