अपराध

मोरङमा एक महिलाको विभत्स हत्या

हत्या आरोपमा श्रीमानसहित ससुरा, सासू र देवर पक्राउ

इकागज |
जेठ ५, २०७८ बुधबार १३:३७ बजे

प्रतिकात्‍मक तस्‍बिर

विराटनगर : मोरङको रंगेली नगरपालिका–३ मा एक महिलाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । रङ्गेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको धारिलो हतियार प्रयोगगरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान तिलुवा चोक नजिकैको नहरमा शव फेला परेको हो । 

हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान बेचन यादवसहित चार जनालाई पक्राउ गरेको छ । मृतकका ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए । एसपी खड्काले भने, ‘परिवारको चार सदस्यमाथि हामीले अनुसन्धान थालेका छौं । कसले र के कारणले हत्या गर्‍यो भन्ने कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’ 


घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो । पानी नभएको सुख्खा नहरमा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको खबरलगत्‍तै डिएसपी मञ्जिल मुकारुङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।


Author

थप समाचार
x