लागूऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ
फाइल फोटो
वीरगञ्ज - लागूऔषधसहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
लागूऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २० वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै बसबाट विकलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
उनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरीले जनाएको छ। पक्राउ परेका विकलाई लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया