अपराध

गरगहनासहित ३० लाख बराबरको धनमाल चोरी

इकागज |
साउन ७, २०८० आइतबार १६:५७ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो ।


प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई  खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।


Author

थप समाचार
x