अपराध

इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एक जना पक्राउ

इकागज |
भदौ ६, २०८० बुधबार २०:४८ बजे

काठमाडौं - इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौंको कीर्तिपुर-५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन्।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

उनले पीडितलाई वैदेशिक रोजगारका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।


Author

थप समाचार
x