अपराध

बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

इकागज |
जेठ ११, २०७८ मगलवार २०:४९ बजे

स्याङ्जा : बलात्कार गरेको आरोपमा प्रहरीले आज बिरुवा गाउँपालिका-४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ । एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

बाख्रा चराउन जंगलमा गएकी युवतीलाई बलात्कार गरेको भन्‍ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ । (रासस)
 



Author

थप समाचार
x