अपराध

हुण्डी कारोबार गर्ने दुई युवा पक्राउ

इकागज |
जेठ १३, २०७८ बिहिवार १९:१५ बजे

वीरगञ्‍ज : जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्‍न दुई जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका-८ को वीरगन्ज पब्लिक कलेज नजिकबाट  पक्राउ गरेको हो । 

प्रहरीले बाराको पसौनी गाउँपालिका-६ का २६ वर्षीय शिव आनन्द गुप्ता र वीरगन्ज महानगरपालिका-११ श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाललाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५३ लाख ८० हजार रुपैयाँ नगदसमेद बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाँण्डले जानकारी दिए । 


सुरुमा झोलाबाट २४ लाख र पछि शिव आनन्दको कोठामा गएर खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको पनि प्रहरी उपरीक्षक पाँण्डेले जानकारी दिए । उनीहरूविरुद्ध बैंक तथा वितिय ऐनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x