अपराध

कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

इकागज |
जेठ २०, २०७८ बिहीबार २१:५ बजे

जनकपुरधाम : धनुषा प्रहरीले कटुवा पेस्तोलसहित दुई युवक पक्राउ गरेको छ । जिल्लाको विदेह नगरपालिकास्थित तिनकोरिया चोक नजिक सवारी चेकजाँचको क्रममा गिद्धा प्रहरी चौकीबाट खटिगएको प्रहरीले शहिदनगर नगरपालिका-२ का २५ वर्षीय उत्तिमलाल पासमान र १९ वर्षीय निपुल यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले विशेष सूचनाको आधारमा मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज.१० प. ८६३५ नम्बरको मोटरसाइकलमा गइरहेका ती युवकहरूलाई चेकजाँचको गर्दा कटुवा पेस्तोल बरामद भएको जानकारी दिए ।


हतियार मोटरसाइकको पछाडि बसेका उत्तिमलाल पासवानले कम्मर मुनि प्लास्टिकमा बेरेर लुकाएर राखेको अवस्थामा चेकजाँच गर्दा फेला परेको उनले बताए ।

पक्राउ परेका दुवैलाई निन्त्रणमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Author

थप समाचार
x