अपराध

मानव बेचविखनको आरोपमा वीरगंजबाट २ जना पक्राउ

इकागज |
जेठ २१, २०७८ शुक्रबार १८:३५ बजे

वीरगन्जः मानव बेचविखनको आरोपमा वीरगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत बिहारको अहिरओलिया गोदामका २६ वर्षीय असगर सैफि र तनहुँको दमौली नगरपालिका– ५ बस्ने २६ वर्षीया सहिना खातुन भनिने सिता थापा क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुईजना युवतीलाई भारत लगेर बेच्न लगिरहेको अवस्थामा वीरगंजको ईनर्वा नाकाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकार दिए । पक्राउ परेका अस्गर र क्षेत्रीविरुद्ध मानव बेचविखनविरुद्धको मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।


साथै दमौली घर भएका २० र २२ वर्षीया दुईजना महिलाको उद्दार गरिएको छ । पीीडत दुवै महिलालाई नेपालगञ्जमा एक घण्टा पुजाका लागि कन्या चाहिएको र पुजामा बसे बापत ५०÷५० हजार रुपैयाँ दिने भनी प्रलोभनमा पारिएको खनालले बताए ।  पहिले पैसा लिन वीरगंज जानुपर्छ भनि तनहुँबाट टिपरमा चढाएर वीरगञ्ज ल्याइ बसपार्कको एक होटलमा बसेको र फेरि पैसाका लागि बेतिया जानुपर्ने भयो भन्दै दुवै जनालाइ सीमा क्षेत्रमा पु¥याइएको अवस्थामा सिमा नजिकैबाट उनीहरुलाई उद्दार गर्न सफल भएको खनालले बताए ।  

उनीहरूबिरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट शुत्रबार ७ दिनको म्याद थप गरी अनुसन्धानअगाडि बढाइएको उनले बताए ।
 


Author

थप समाचार
x