६० किलो गाँजासहित उदयपुरबाट दुई जना पक्राउ
फाइल तस्बिर
उदयपुर - उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन्।
उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरूलाई शुक्रबार बिहान कटारी नगरपालिका-७ देउलीकुनाबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुवैलाई गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया