अपराध

१६ वर्षदेखि फरार रहेका प्रहरी जवानले भारतमा दुईबाट नौ वटा ट्याक्सी बनाए...

इकागज |
माघ १२, २०८० शुक्रबार १२:३५ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लागू औषधका थुनुवा भगाएका प्रहरी जवानलाई प्रकाउ गरेको छ । कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतमा टयाक्सी चलाइ बसेको अवस्थामा तत्कालीन प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरेको जानकारी दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा रहेका भारतका प्रतिवादी असरफ आलमलाई उनले भगाएका थिए । २०६४ जेठ ९ गते राति २:३० मा प्रहरीको चिट बनाइ भगाएका थिए ।


फिल्ड अधिकृको किर्ते हस्ताक्षर बनाइ प्रहरी निरीक्षकले बोलाएको भने रायले  हिरासतबाट लगेका थिए । उनले हिरासत कक्षबाट बाहिर निकालेर भगाएका थिए । उनलाई भगाएदेखि फरार रहेका उपत्यका अनुसन्धान कार्यालयको विशेष टोलीले बिहीबार काकडभिट्टाबाट प्रकाउ गरेको हो ।

प्रतिवादी आलमसँग उनले हिरासतबाट भगाएमा १ करोड पाउने डिल गरेका थिए । उनले सुरुमा गरेका डिल नमिल्दा १० लाखमा गरी ६ लाख २५ हजार पाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार मुद्दा चलाइने उनले जानकारी दिए ।

तत्कालीन प्रहरी जवान रायले हिरासतबाट निकाली कालिमाटी-कलंकी-बुटवल हुँदै भारतको रक्सौलसम्म पुर्‍याएका थिए ।  

प्रतिवादी आलमसँग डिल गरी पाएको रकमले कोलकत्तामा दुई वटा टयाक्सी खरिद गरेका थिए । उनले हालसम्म २ टयाक्सीबाट सुरु गरेको व्यापार ९ वटासम्म पुर्‍याएका थिए ।

रायले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ्ग लाइसेन्स समेत प्राप्त गरेका थिए । उनी परिवारसहित भारतमा बसोबास गर्दै आएका छन् ।

रौतहट पथरावुधराम ३ का ४१ वर्षीय राय नेपाल प्रहरीको सेवामा २०६१ मा प्रवेश गरेका थिए । तीन वर्षमात्र प्रहरी सेवामा रहेका थिए ।

 


Author

थप समाचार
x