अपराध

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको आरोपमा महिला पक्राउ

इकागज |
माघ १५, २०८० सोमबार १३:३४ बजे

सांकेतिक तस्बिर

 काठमाडौं - अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।   


Author

थप समाचार
x