अपराध

ह्वाट्सएपमा लट्री पर्‍यो भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

इकागज |
जेठ २४, २०७८ सोमबार १८:११ बजे

काठमाडौँ : सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
 
वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये निरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीमाथि ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त/निवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको महाशाखाले जनाएको छ ।



Author

थप समाचार
x