४५ वर्षपछि फरार प्रतिवादी पक्राउ
काठमाडौँ- ईलाका प्रहरी कार्यालय लहानले ४५ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । शनिबार लहान नगरपालिका-१८ बरैरबोनाका स्लाम मिया धुनियालाई प्र.स.नि सुनिलकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
धुनियालाई २०३६ कात्तिक ९ गते खटर चौधरीलाई मारेको आरोप थियो । सिराह जिल्ला अदालतले २०४२ पुस १० गते उक्त मुद्दामा धुनियालाई १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसबेला देखि नै उनी फरार थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया