अपराध

श्रीमतीकै योजनामा कपिलवस्तुका माओवादी नेताको हत्या !

इकागज |
जेठ ३१, २०७८ सोमबार १८:४० बजे

बुटबल : आफ्नै पत्नीको योजनामा नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्या भएको तथ्य सार्वजनिक भएको छ । नेता पाण्डेकी पत्नी महिमा पाण्डे र उनीसँग अनैतिक सम्बन्ध कायम रहेका कपिलवस्तु नगरपालिका-१ का ३३ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादवको योजनामा नेता पाण्डेको हत्या भएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

विगत २/३ वर्ष देखि पति दिपक पाण्डेयलाई हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामा गत जेठ ५ गते कपिलवस्तु नगरपालिका- ६ गोबरी सडक खण्डमा नेता पाण्डेको हत्या भएको प्रहरीले जनाएको छ ।


पत्नी महिमा र ओम प्रकाश दुवै जना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपालिका-२ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको गरी उनीहरुबाट हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ ।


Author

थप समाचार
x