अपराध

११ वर्षीया बालिकालाई जबरजस्‍तीकरणी गर्ने एक जना पक्राउ

इकागज |
असार १, २०७८ मंगलबार १७:१४ बजे

कन्‍चनपुर : ११ वर्षीया बालिकालाई पटक-पटक जबरजस्‍तीकरणी गर्ने एक जनालाई कन्‍चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्‍लाको कृष्णपुर-४ गुलरिया बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए । 

उनकाअनुसार स्थानीय ११ वर्षे बालिकालाई ललाई फकाइ गरी पटक-पटक जबरजस्ती करणी गरेको भनी पीडित उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ गरी करणी कसुर अन्तर्गत पाँचको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए । 



Author

थप समाचार
x