Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अपराध

नक्कली नोटसहित एक जना पक्राउ

इकागज |
साउन ४, २०८१ शुक्रबार १७:४८ बजे

सांकेतिक फोटो

बारा - सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने ३५ वर्षीय छठु गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x