Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

अपराध

बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

इकागज |
असोज २९, २०८१ मंगलबार १४:२३ बजे

बर्दिया - बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x