अपराध

राउटे युवतीमाथि यौन दुर्व्‍यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान

इकागज |
असार १६, २०७८ बुधबार १८:३ बजे

सुर्खेत : सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरेको छ । गुर्भाकोट नगरपालिकाका ९ टुल्के चोमन भन्ने चौमनबहादुर घर्ती, भूपेन्द्र बुढा मगर र होटल संचालक मिलन भन्ने मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको सुर्खेत जिल्ला अदालतका सुचना अधिकारी नरेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । 

सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको जिल्ला अदालत सुर्खेतले जनाएको छ । राउटे समुदायका  १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरूलाई यौन दुर्व्‍यवहार गरेपछि उनीहरूविरूद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । 


ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्‍यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि  तीनै जनालाइ प्रहरीले पक्राउ गरेको थियो ।


Author

थप समाचार
x