Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

अपराध

सिआईबीबाट फोन गरेको भन्दै धम्की दिने व्यक्ति पक्राउ

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १४:५० बजे

फाइल फाेटाे

काठमाडौँ - सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुखको ट्रू कलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त ब्यूरोबाट खटिएको प्रहरीले मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो । 


यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।  


Author

थप समाचार
x