कुवेतमा युवतीलाई बेचेको आरोपमा नुवाकोटकी महिला र सिन्धुपाल्चोकका युवक पक्राउ
काठमाडौँ - कुवेतमा एक युवतीलाई ४ लाख रुपैयाँमा बेच्ने आरोपमा नुवाकोटका कुसुम कडेँल र सिन्धुपाल्चोकका सुकलाल लामा तामाङ पक्राउ परेका छन्। उनीहरूले युवतीलाई फ्रि भिसा र फ्रि टिकटको प्रलोभनमा कुवेत पुर्याएर ९०० केडी (३ लाख ९४ हजार रुपैयाँ) मा बेचिदिएका थिए।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेका दुवै जनाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। कुवेतमा घरेलु कामदारका रूपमा बेचिएकी ती युवतीले यौन शोषणको शिकार पनि भएकी थिइन् र कुवेत प्रहरीको सहयोगले नेपाल फर्केकी थिइन्।
नेपाल फर्केपछि उनले ब्यूरोमा जाहेरी दिइन्, जसपछि आरोपितहरूमाथि कानूनी कारबाही सुरु भएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया