अवैध सुन र करिब १२ लाख नगदसहित दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर
काठमाडौं : करिब १२ लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट सोही ठाउँका ३२ वर्षीय गंगाबहादुर थापा मगरलाई आइतबार दिउँसो १ बजे ११ लाख ८६ हजार ५०० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भन्सार छलि सुनको कारोबार गरेको भन्ने बिशेष सूचनाका आधारमा उनले कोटेश्वरको स्काई ज्वलेर्समा बेचेको १४९.९५ ग्राम तौल रहेको सुनका तीन बाला समेत बरामद गरेको छ । सुनका बालासहित ज्वलेर्स सञ्चालक रामेछाप दोरम्बा ४ का ३२ वर्षीय कुमार सेन्चुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सेन्चुरीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पठाइएको प्रहरीको भनाइ छ ।
साथै बेवारिसे अवस्थामा फेला परेकाे भन्सार छलेर ल्याएको एउटा बुलेट मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएर अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण पठाएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया