जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मोरङ - २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-२ बस्ने १९ वर्षीय मो.रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो.गुल्जार रहेका छन् ।
कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा ती महिलालाई वेहोस अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको थियो । साथै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान एवम् सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका-२ कदमगाछीस्थित बाँसघारीमा लगेर ३ जना मध्ये रमजानले जबरजस्ती करणी गरेको तथा अन्य २ जनाले पीडितलाई समाउने कार्यमा सघाएको भन्ने खुल्न आएपश्चात तीनै जनालाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया