अपराध

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

इकागज |
माघ १२, २०८१ शनिबार १८:३५ बजे

सांकेतिक फोटो

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 


दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै एक पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
 


Author

थप समाचार
x