अपराध

बाराबाट ९ किलो गाँजासहित तीन जना पक्राउ

इकागज |
माघ २३, २०८१ बुधबार १८:३६ बजे

फाइल फाेटाे

बारा – बारा प्रहरीले गाँजासहित बुधबार बिहान तीन जनालाई पक्राउ गरेको छ।

प्रसौनी गाउँपालिका-२ प्रसौनी बजारबाट प्रहरीले करिब ९ किलो २ सय ४१ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरूमा सोही ठाउँका ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्सा बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता देवी मुखिया रहेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले रम्भा देवीलाई ३ किलो १ सय ४१ ग्राम, जोगिन्द्रलाई २ किलो ६ सय ४३ ग्राम र ममता देवीलाई ३ किलो ४ सय ५७ ग्राम गाँजासहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Author

थप समाचार
x