अपराध

सात सय २६ केजी गाँजा बरामद

इकागज |
माघ २६, २०८१ शनिबार १७:३८ बजे

फाइल फाेटाे

सप्तरी - बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो । 

मौवहा मल्हनिया प्रहरी  चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ । 


गत पुस २७ गते पनि बलान बिहुल गाउँपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो । 


Author

थप समाचार
x