अपराध

मोबाइल चोरीको घटनामा दुई समूहबीच विवाद, एकको मृत्यु

इकागज |
माघ २९, २०८१ मंगलबार १७:३८ बजे

सांकेतिक फोटो

काठमाडौं - काठमाडौं प्रहरीले मोबाइल चोरीको घटनामा दुई समूहबीच विवाद हुँदा एक जनाको मृत्यु भएको घटना सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चाबहिलको कुमारीगालमा चोरीको मोबाइल लिने विषयमा दुई समूहबीच विवाद हुँदा २३ वर्षीय संघर्ष कार्कीको मृत्यु भएको जनाएको हो ।


एउटा समूहले चोरेको मोबाइलमा अर्को समूहले दाबी गर्दा विवाद उत्पन्न भएको र सो क्रममा झगडा हुँदा कार्कीको मृत्यु भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जानकारी दिए ।  उक्त घटनामा तीनलाई पक्राउ गरिएको उनले बताए । 

त्यस्तै प्रहरीले काठमाडौंको डल्लुस्थित एक व्यक्तिको घरबाट सुनको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । डल्लुको एक घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको आरोपमा नरेन्द्र देउला, कोमल बहादुर कार्की र भारतका जागिर मलिकलाई पक्राउ गरिएको सूचना अधिकारी बोहोराले जानकारी दिए । पक्राउ परेका मध्ये नरेन्द्र देउला यसअघि पनि आपराधिक कार्यमा संलग्न रहेको खुलेको उनले बताए  

त्यस्तै प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा अनलाइन बेटिङ गराएको आरोपमा केहीलाई पक्राउ गरेको जनाएको छ । चालू आर्थिक वर्षमा ६ वटा अनलाइन बेटिङका घटनामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x