अपराध

आठ किलो लागूऔषधसहित दुई युवक पक्राउ

इकागज |
माघ २९, २०८१ मंगलबार १८:३६ बजे

सांकेतिक फोटो

धनगढी - कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले बझाङका दुई युवकलाई पक्राउ गरेको छ।

बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोही ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको हो। 


उनीहरूलाई चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट ४ किलो ५८७ ग्राम गरी जम्मा ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाको छ।
 


Author

थप समाचार
x