ठूलो परिणामको लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं - प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ का मुकेश यादव र सोही ठाउँका वर्ष १९ का संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह-प्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन्।
पर्सा गाउँपालिका ६ मङराहा पोखरीस्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४२ प ४२७० नं.को मोटरसाइकल चेक जाँच गर्दा लुकाई छिपाई ल्याएको लागूऔषध अनेरेक्स १०० मिलीको १७० फाईल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरि जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।
मोटरसाइकल चालक मुकेश र पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया