रुपन्देहीमा गोली हानी राकेशको हत्या

भैरहवा - रुपन्देहीको मायादेवी–२ महदेवा(डङ्गचाहावाका) का २९ वर्षीय युवाको गोली हानी हत्या भएको छ ।
शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो ।
रातीको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ । बिहान अबेरसम्म नउठेका उनको स्थानीयले घरको बरन्डामा मृत अवस्थामा शव भेटेका थिए । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
गोली हो वा कसरी मृत्यु भयो भन्ने खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको टोली अनुसन्धान गर्दैछ । रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा कर्तामध्ये मृत अवस्थामा भेटिएको उनले बताए ।
शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे । घरायसी कारणले उनको हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन् । लोधको टाउकोमा २ राउण्ड गोली चलाइएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दाजुभाइ बीच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाइले हत्या गरेको हुन सक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया