कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार घले पक्राउ
काठमाडौं : कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्य (ह्याकिङ) मा संलग्न रही फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
कृषि विकास बैंक मूख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट अपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा ह्याक गरेर लाखौं रकम चोरी गरेका थिए । फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
यसरी भयो सेटिङ
गत वर्ष असोज ७ मा कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ ह्याक भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको उल्लेख छ ।
श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर (ट्रान्सफर) गर्न २० लाखको चेक पेश गरेपछि सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट पटकपटक ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ ट्रान्सफर भयो । बैंकलाई हानी नोक्सानी पुर्याएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरेको थियो । उनीहरूलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया