अपराध

२५ करोडहसित पक्राउ परेका व्यक्ति सार्वजनिक

इकागज |
चैत ५, २०८१ मंगलबार १४:४५ बजे

काठमाडौं - चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले आज सार्वजनिक गरेको हो । 


रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ गरेको हो । 

पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । 

उनी सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका थिए । 

विशेष सूचनाका आधारमा राजधानीको झोरबाट  ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो । 

प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट  खुलेको जनाएको छ 


Author

थप समाचार
x