बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

सांकेतिक फोटो
सल्यान - जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीबाट दुई जना पक्राउ परेका हुन् ।
सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नबराजले ती बालिकालाई गत फागुन २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, कैलालीमा भने २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राजेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया