अपराध

लागू औषधसहित गिरी पक्राउ

इकागज |
असार ३०, २०७८ बुधबार १८:५ बजे

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट लागूऔषधसहित बाराका ४५ वर्षीय ललन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट तीन हजार ट्याब्लेट नाइट्राभेट, २०० एम्पुल ब्रुप्रेनोर्फिन, २०० एम्पुल डाइजेपाम र २०० एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौँ आउँदै गरेको बा४ख ३२९५ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा लागू औषधसहित गिरीलाई फेला पारेको हो ।


यसैबीच काठमाडौँ आउँदै गरेको प्रदेश ०३-००१ ख ००८७ नम्बरको बसबाट एक हजार ५०० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम नाइट्राभेट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बसको र्‍याकमा बेवारिसे अवस्थामा झोलाभित्र रहेको लागूऔषध प्रहरीले बरामद गरेको हो । 

झोलाबाट एक थान मोबाइल र एक थान भारतीय नम्बरको सिमकार्डसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । (रासस)


Author

थप समाचार
x