अपराध

सिंगापुर पठाइदिने भन्दै ७८ जनाबाट साढे दुई करोड ठगी, एक प्रकाउ

इकागज |
साउन २६, २०७८ मंगलबार १७:४० बजे

प्रतिकात्‍मक तस्‍बिर

काठमाडौँ – रोजागारीको लागि सिंगापुर पठाइदिने भन्दै ७८ जनाबाट २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय दिपबहादुर गुरुङ रहेका छन् ।

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भइ काठमाडौंका बौद्ध बस्ने समृद्धि अब्रोड कन्सलटेन्सीका मार्केटिङ म्यानेजर समेत रहेका गुरुङलाई प्रहरीले पक्राउ गरेको  हो । प्रहरीका अनुसार उक्त कन्सलटेन्सी धादिङ थाक्रे–८ घर भएका हाल हाडीगाउँमा बस्ने  ४२ वर्षीय निमा लामाको भएको पाइएको छ ।


प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै कन्सलटेन्सीले  सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि  रकम उठाई सम्पर्कविहीन भएको प्रहरीमा जाहेरी परे बमोजिम ठगी कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

उनी उपर प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गर्ने भएको छ । त्यस्तै, ठगी कार्यमा संलग्न फरार कम्पनीका संचालकसहित ४ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । 


Author

थप समाचार
x