लोक सेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा तीन जना पक्राउ
प्रतिकात्मक तस्वीर
काठमाडौँ : लोक सेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन, पोखरा महानगरपालिका घारीपाटन र छोरेपाटनका १५ र १७ वर्षीय किशोर रहेका छन् ।
आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पु-याएकाले विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद–९ बमोजिक कसुर गरेको साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया