आर्केष्ट्रामा काम लगाइदिने भन्दै युवती बेचबिखन आरोपी दुईजना पक्राउ
जनकपुरधाम – आर्थिक प्रलोभन देखाएर युवती बेचबिखनका लागि भारत लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले दुई जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भई छौडादानो बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन रहेको पर्साका प्रहरी नावय उपरीक्षक (डीएसपी) तथा प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
खनालकाअनुसार आर्केष्ट्रा (डान्स बार) मा आकर्षक तलबसहित रोजगारीको प्रलोभन दिई सात जना युतीहरूलाई विकेश कुमार र अजिमा खातुनले भारत बिहारको पुर्वी चम्पारण छौडादानो पुर्याएर एक कोठामा थुनेका थिए ।
बेचबिखनका लागि लगिएका ती युवतीहरूलाई छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट भारतीय प्रहरीको समन्वयमा आफन्त नेपालले उद्धार गरेर नेपाल प्रहरीको सम्पर्कमा ल्याएको हो ।
युवतीहरूको साथबाट मोबाइल खोसेर आदापुर बजारको एक अध्याँरो कोठामा थुनेर राखेका अवस्थामा भारतीय प्रहरीको समन्वयमा आफन्त नेपालले उनीहरूको उद्धार गरेको डीएसपी खनालले जानकारी दिए ।
उद्धार गरिएका युवतीहरूसँग आवश्यक सोधपुर गरी प्रक्रिया पुरा गरेर निजहरूको परिवारजन र आफन्तको जिम्मा लगाइने प्रवक्ता खनालले बताए । पक्राउ परेका विकेश र खातुनविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी खनालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया