१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा एक पक्राउ
rape
रौतहट - तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।
दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । माधवनारायण नगरपालिका-५ स्थित सिसौघारीमा लगेर तीन जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् । पक्राउ परेका आरोपी सहनीलाईमाथि अनुसन्धान भइरहेको र अन्य फरार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया