बाँकेबाट ४ किलो पहेँलो धातुसहित २ जना पक्राउ
प्रतिकात्मक तस्बिर
बुटवल - बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो पहेँलो धातुसहित २ जना पक्राउ गरेको जनाएको छ । शुक्रबार दिउँसो श्री एयरको विमानबाट काठमाण्डौंदेखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खातीलाई ४ किलो सुनजस्तो देखिने धातुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव प्रहरी उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । उनकाअनुसार पहेँलो धातु सुन हो वा होइन भन्नेबारे परीक्षण हुन बाँकी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया