पचास किलो चरेससहित पक्राउ
काठमाडौं : सशस्त्र प्रहरीले गए राति करीव ५० के.जी. चरेससहित धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ । नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले मगरलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीका अनुसार, विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा गएको टोलीले धादिङको थाके गाउँपालिका–१ खयरघारीस्थित पूर्व-पश्चिम लोकमार्गबाट उनलाई पक्राउ गरेको हो ।
बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार निज मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेश भेटिएपछि उनलाई पक्राउ गरिएको हो । उनलाई राती आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाएको छ । चरेस धादिङ जिल्लाको गोगनपानीबाट काठमाडौं ल्याउने उद्देश्यले ल्याउँदै गरेको मगरले एपीएफ टोली समक्ष बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया