एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ
सांकेतिक फोटो
काठमाडौँ – यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना बिचौलिया पक्राउ परेका छन् । ललितपुर नख्खीपोट बस्ने सुमन तामाङ (३०) र कुसुन्ती बस्ने सुरज गुप्ता (२३) लाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले लिखित परीक्षा पास गराइदिने, ट्रायल मिलाइदिने, नवीकरण गरिदिने भन्दै सेवाग्राहीबाट पैसा असुल गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् ।
‘उनीहरू यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ परेका हुन्,’ उनले भने । महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ । पक्राउ परेका व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया