अपराध

चर्को आवाज निकाल्ने मोटरसाइकल चलाउँदै हुनुहुन्छ...

इकागज |
पुस ९, २०७७ बिहीबार १५:५० बजे

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज निकाल्ने तीन सय ४२ मोटरसाइकल चालकलाई कारवाही गरेको छ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई कारबाही गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए ।


‘मोटरसाइकलहरूले शहरमा ध्वनी प्रदुषण हुने गरी कोलाहल मच्चाए,’ उनले भने, ‘लापरबाही ढंगले जिकज्याक गर्दै बाटोमा बाइक चलाउन थाले । उनीहरूको यो काम कानुनविपरित भएकोले कारवाही गरिएको हो ।

यस्ता किसिमका मोटरसाइकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराइदिन महाशाखाले अनुरोध गरेको छ ।
 


Author

थप समाचार
x