चार बिचौलिया प्रहरीको फन्दामा
काठमाडौँ– उपचारका लागि आएका सर्वसाधारणलाई कमिसन प्राप्त फार्मेसीमा औषधि किन्न वाध्य गराउने चार जना बिचौलिया प्रहरीको फन्दामा परेका छन् ।
ती विचौलियाले सर्वसाधारणलाई दुःख–हैरानी दिएको अभियोगमा बुधबार प्रहरीले मोरङमा पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–७ स्थित उपचारका लागि आएका सर्वसाधारणसँग अस्पतालमा राम्रो चिकित्सक छ फकाइउँदै औषधि किन्न चाहिँ फार्मेसी पु¥याउँथे । त्यसमा सर्वसाधारण हैरानी खेपेको गुनासासँगै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका–५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका–१२ बस्ने ३९ वर्षीय शिवकुमार कामत छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया