१९ किलो गाँजा सहित एक भारतीय नागरिक पक्राउ
जनकपुरधाम- प्रहरीले धनुषाको ढल्केवरमा एक स्कार्पियोबाट १९ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीले सवारी चेकजाँच गरिरहेको देखेर भाग्न खोज्दा सो स्कार्पियो दुर्घटना भएको र त्यसमा खानतलासी गर्दा १९ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले भने, बर्दिबासबाट आइरहेको बी.आर.३२ के ९१२७ नम्बरको स्कार्पिओलाई शंका लागेर चेकजाँच गर्न रोक्न खोज्दा भागेको थियो, पछि पिछा गर्दै जाँदा केही पर बसही खोला नजिक पुलमा ठोक्किएर दुर्घटनामा पर्न गयो ।
दुर्घटना पश्चात स्कार्पिओलाई स्थानीयको सहयोगमा उद्धार गर्दा त्यसमा सवार मानिसहरु फरार भएका थिए । गाडीमा चेकजाँच गर्दा गाँजा फेला परेको र त्यसमा बसेका मानिसहरुको खोजी गर्दै जाँदा ऊखु खेतमा लुकेर बसेका एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको सुवेदीले जनाए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायतका २२ वर्षीय विजय कुमार महतो रहेको उनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया