अपराध

निर्मला कुर्मीको हत्याको छानबिन गर्न माग गर्दै माइतीघरमा धर्ना

इकागज |
पुस ६, २०७८ मंगलबार १३:३ बजे

काठमाडौँ - बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।बाँकेकी कुर्मीको कुटपिट पछि भएको हत्या घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै बाँकेका महिलाहरुले माइतीघरमा धर्ना दिएका हुन् ।  

उनीहरुले राष्ट्रिय छानबिन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, गृह मन्त्रालयद्धारा पठाइएको छानबिन समितिले कुर्मीको सम्पति छानबिनका लागि दिएको सुझावलाई अविलम्ब कार्यान्वयन गरि कुर्मीको सम्पति प्रकरण छानबिन गर्न सीआबीसहितको छानबिन समिति अविलम्ब पठाउनुपर्ने, अभियुक्तलाई संरक्षण गर्ने बाँके जिल्ला प्रहरी कार्यलय, एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसुदन न्यौपानेलाई अविलम्ब कारबाहीको माग गरेका छन् । 


 मंसिर ९ गतेदेखि उनीहरुले माइतीघरमा अनिश्चितकालीन रिले अनसन तथा धर्ना दिँदै आएका छन् । नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको बेपत्ता बनाएर हत्या भएको थियो । 


Author

थप समाचार
x