लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ
काठमाडौँ : लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पर्सा प्रहरीको सहयोगमा पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।
उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
किसानले पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रिन पुर्जी जारी गरेपछि अग्रवाल फरार थिए । प्रहरीका अनुसार उद्योगले उखु किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी छ ।
एक वर्षअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि मंसिर २८ गतेदेखि किसानहरू आन्दोलनमा उत्रिएका थिए । पुस १३ गते सरकारसँग ४ बुँदै सहमति भएपछि आन्दोलन स्थगित भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया