१८ किलो अफिमसहित तीन पक्राउ
रुकुमपूर्व : १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका-३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका-४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे-३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिध्दि बज्राचार्यले बताए ।
ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने-६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए ।
उनीहरू दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोवारमा संलग्न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेश गरी १५ दिनको म्याद थप भई अनुसन्धान जारी राखिएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया