दुई सन्तानकी आमालाई सामूहिक बलात्कार गर्ने नौ जनाकै पहिचान खुल्यो
फाइल फाेटाे
काठमाडौँ - सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया दुई सन्तानकी आमामाथि बलात्कार गर्ने नौ जनाको पहिचान खुलेको छ ।
बलात्कार आराेपी युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस, मुगुका हस्त नेपाली र चन्द्र साउद छन् ।
उनीहरुले नयाँ बसपार्कको तीन वटा होटलमा लगि महिलालाई सोमबार र मंगलबार पटक-पटक सामूहिक बलात्कार गरेको खुलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार काठमाडौं आइपुगेकी ती युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले होटलमा लगेको र होटलमा लगेपछि आफ्नो साथी समेत बोलाएर बलात्कार गरेका थिए ।
सो रात दुई जनाले बलात्कार गरेको र भोलिपल्ट अन्य सात जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बलात्कारको पीडा खप्न नसकेर महिला गुहार माग्दै प्रहरीकोमा पुगेकाी थिइन् । त्यसपछि प्रहरीले बलात्कार आरोपीको खोजी गरेको हो ।
श्रीमान लामो समयदेखि भारतमा बेपत्ता भएपछि उनी काम खोज्न काठमाडौं आएकी थिइन् । उनी दुई सन्तानकी आमा हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया