अपराध

श्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय पक्राउ

इकागज |
पुस २०, २०७७ सोमबार १४:३० बजे

काठमाडौँ : चन्द्रागिरी नगरपालिका-२ बाट १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्त बाँडंगंगा नगरपालिका-४ का २२ वर्षीय संगम थारु रहेका छन् । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गा चेकप्वाइन्टबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 
कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गर्दा उनीहरू समातिएका हुन् । प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कार चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको उक्त रकम फेला परेको हो । 


बरामद भएको रकम कारको विभिन्न भागमा लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 


Author

थप समाचार
x