अपराध

काठमाडौँमा झारफुक गर्ने क्रममा बालिकाको मृत्यु, १ जना पक्राउ

इकागज |
पुस २६, २०७८ सोमबार २१:३१ बजे

काठमाडौँ - काठमाडौँमा झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएकाे छ । झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउसमेत गरेकाे छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका– १ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरी रहेकी छन् ।


भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान बेहोस भएकोले उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएको  थियाे ।

अस्पताल लगिनासाथ बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि त्यहाँ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी पुगेकाे थियाे । बालिकालाई उनकै आमाले २२ दिनअघि उपचारका लागि उक्त घरमा ल्याई छोडेको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।

ठकुरी उपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  
 


Author

थप समाचार
x